काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जानु हुने भएको छ । मित्रराष्ट्र भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा उहाँ कात्तिक २३ गते भारत जानुहुने भएको नेपाली सेनाले जनाएको छ । कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्ने प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नु हुने कार्यक्रम रहेको छ भने उहाँले त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न व्यक्तिहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैवीच मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सेनापति शर्माको भ्रमण स्वीकृत गरेको छ ।
बैठकले उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय समेत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भइको छ ।



















