काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८ हजार ८४८ जनामा पीसीआर परीक्षण गर्दा ५२७ जना कोरोना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२५०७ जनामा एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा ६६४ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरूको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा २ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ ।



















