न्युयोर्क । अमेरिकी कानूनबिदले विकिलिक्सका संस्थापक जुलियान असान्जलाई सुपुर्दगी गर्न बेलायतको उच्च न्यायालसमक्ष अनुरोध गरेका छन् । अमेरिकाविरुद्ध गुप्तचर गरेको र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा असान्जलाई सुपुर्दगी गर्न अमेरिकी वकिलहरुले माग गरेका हुन् ।
यसअघि लन्डनको एक अदालतले असान्जलाई अमेरिकालाई सुम्पिने हो भने त्यसले निकै खराब परिणाम निम्त्याउने चेतावनी दिएको थियो । असान्जको मानिस स्वास्थ्य जटिल बनेको बेलायतको भनाई छ ।
५० वर्षीय असान्जालाई कैदमा नराखिने अमेरिकाले अदालतलाई बचन दिएको छ, तर अमेरिकी बचनप्रति बेलायत विश्वस्त हुन सकेको छैन् ।
अमेरिकी सरकारका वकिलहरुले असान्जलाई सुपुर्दगी नगर्ने फैसला उल्टाउन बेलायतको उच्च अदालतलाई अनुरोध गरेका छन् । असान्जले ‘क्लिनिकल र मनोवैज्ञानिक उपचार’ पाउने र स्वदेश फिर्तिका लागि सहज गरिदिनेसमेत वकिलहरुले बताएका छन् ।
तर, असान्जलाई अमेरिकाले जेलमा लैजाने र उनीबिरुद्ध मुद्दा चलाउन सक्ने उनका वकिलहरुले आशंका गरेका छन् । असान्जलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गर्न अस्ट्रेलियाले कुनै सुनिश्चितता नदेखाएको उनीहरुले बताएका छन् ।
असान्ज सन् २०१९ देखि लन्डनको एक कारागारमा छन् । (एजेन्सी)
























