लन्डन । कोरोना भाइरसको नयाँ स्वरुप डेल्टा प्लस अर्को स्वरुप डेल्टा भेरियन्टभन्दा झन् चाँडो फैलन सक्ने भएकाले बेलायतका विज्ञहरुले सावधानी अपनाउन सुझाव दिएका छन् । बेलायतको स्वास्थ्य सुरक्षा निकाय यूकेएचएसएले नयाँ स्वरुपको कोभिडलाई अनुसन्धानको क्रममा रहेको भेरियन्टको रुपमा वर्गीकरण गर्दै यस्तो सुझाव दिइएको हो ।
पछिल्लो समयमा बेलायतमा डेल्टा प्लसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । एक तथ्यांकअनुसार बेलायतमा पछिल्लो पटक भेटिएका कूल संक्रमितमध्ये ६ प्रतिशत कोभिड डेल्टा प्लसबाट प्रभावित छन् ।
डेल्टा भेरियन्टको तुलनामा डेल्टा प्लस संक्रमणको दर बढी हुन सक्ने केही प्रारम्भिक प्रमाण भेटिएको जनाइएको छ । बेलायतमा दैनिक ५० हजारभन्दा बढीमा कोभिड संक्रमण देखिएको छ ।
नयाँ स्वरुपको भाइरस व्यापक रूपमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
अहिले विश्वभर कोरोना भाइरसका अनगिन्ती भेरियन्टहरू देखा परिरहेका छन् । भाइरस परिवर्तन भइरहने भएकाले नयाँ भेरियन्ट देखिनु अनौठो भएको विज्ञहरु बताउँछन् । (एजेन्सी)
























