काठमाडौं । आश्विन शुक्लपक्ष बडादशैँको दोस्रो दिन । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ ।
सामान्यत टिकाको दिन शुरु भएको टिका लगाउने क्रम कोजाग्रत पूर्णीमाको दिनसम्म चल्ने हुँदा टिका लगाउन आवतजावत गर्नेहरुको चहलपहल बढ्ने गर्दछ । टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टाढा-टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।
कोरोनाको संक्रमण कायमै रहे पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष दशैंको चहलपहल बढी देखिएको छ ।
























