काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ७१२ जनामा परिक्षण गर्दा २७२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ७७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २७७ पुगेको मन्त्रालयले जनाएको छ ।




















