काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार २१४ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार २६९ पुगेको छ ।
त्यस्तै आज थप ८०४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ७९ हजार १५४ रहेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ रहेको मन्त्रालयले जनाएको छ ।




















