काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ३६८ जनामा परिक्षण गर्दा १ हजार ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
त्यसैगरी आज थप ९३८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १४८ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै २४२ जना क्वारेन्टीमा रहेको मन्त्रालयले जनाएको छ । १० वर्ष मुनिका २९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १९ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।




















