काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जना कोरोना संक्रमणका संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १ हजार ३६६ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५३ जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।




















