काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १४ हजार ५४१ जनामा परिक्षण गर्दा १ हजार १५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
त्यसैगरी आज थप १ हजार ११३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ ।




















