काठमाडौं । नेकपा एमालेको १० वुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । उपाध्यक्ष भीम रावलको संयोजकत्वमा गठित कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।
असार २७ गते भएको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरुले सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका छन् ।
एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले धेरै ठाउँमा १० बुँदे कार्यान्वयन भइएसकेको वताउँदै एकाध ठाउँमा देखिएको समस्या समाधान समितिले गर्ने बताएका छन् । १० बुँदेलाई लिएर आतंक सिर्जना गर्न जरुरी नभएको पनि उनले बताएका छन् ।