काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार ७३६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ८३४ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । सो अवधिमा थप १ हजार २७९ जना संक्रमित उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या १९ हजार १४२ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ११ हजार ९६ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।




















