काठमाडौँ । काठमाडौँको चाबहिलस्थित कपन तरकारी बजारबाट बेपत्ता बालकको शव पाँचपछि फेला परेको छ । पाँच दिनदेखि ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्वल विकको शव ललितपुरको बाग्मती खोलामा फेला परेको हो ।
ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
स्थानीयवासीले बालकको शव शनिबार साँझ बागमती किनारमा देखिपछि प्रहरीलाई खबर गरेका थिए । गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए ।