काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १० हजार ५७९ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ९५३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

सो अवधिमा थप १ हजार ३७१ जना संक्रमित उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या १९ हजार ७०० रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ६ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ११ हजार ८७ जनाको  कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।