काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले छैटौँ कलेजो प्रत्यारोपण गरेको छ ।
एकजना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले बताउनुभयो । ती पुरुषलाई ३१ वर्षीया श्रीमतीले कलेजो दान गर्नुभएको हो ।
प्रत्यारोपणमा सघाउन यसपटक भारतको फोर्टिस अस्पतालका डाक्टर विजय भिजको टोली शिक्षण अस्पताल आएको थियो ।
शिक्षण अस्पतालमा यसअघि पाँचवटा कलेजो प्रत्यारोपण सफल भइसकेको छ । अस्पतालमा डाक्टर रमेश सिंह भण्डारीकै पहलमा कलेजो प्रत्यारोपण सुरु गरिएको हो ।