काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न बैठक बस्न लागेको हो । शुक्रबारदेखि सुरु भएको सो बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्दैछ ।
सो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र संगठन विभागले विधान संशोधनको मस्यौदा प्रस्तुत गर्ने तयारी गरिएको छ । विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि छलफल गरेर पारित गर्ने कार्यक्रम रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल भएको थियो । बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।