काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता भएका बालकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।
बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ८ बजे एक बालक बेपत्ता भएको महानगरीय प्रहरी वृत्त बौद्धले बताएको छ ।
स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।