काठमाडौँ । पहिरोका कारण गए रातिदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छा कामनामा गाउँपालिका–४ घोप्टेभिरमा खसेको पहिरो बिहान १० बजे हटाएपछि सडकखण्ड सञ्चालनमा आएको हो ।
अहिले दुईतर्फी नै गाडी चल्न थालेका प्रहरीले जनाएको छ । तर, गाडीको लामो लाइन भएकाले यो सडकखण्डमा अहिले गाडी चापमा चलिरहेका चितवन प्रहरी चेकपोष्टले जनाएको छ ।