काठमाडौं । राजन पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।
यसअघि १२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक हुनुहुन्थ्यो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताउनुभयो ।
अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएपछि क्षेत्री निमित्त महानिर्देशन बन्नुभएको हो ।
राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उहाँ २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालय लगायतमा काम गरेको अनुभव पनि छ ।