Margadarsan


  • अफगानिस्तानमा ड्रोन आक्रमण गर्दा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

    मार्गदर्शन २ आश्विन २०७८, शनिबार

    एजेन्सी । आफूले गरेको ड्रोन आक्रमणबाट अफगानिस्तानमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ । अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता हुनुभन्दा केही दिनअघि गरिएको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको हो ।

    इस्लामिक स्टेट केका आक्रमणकारीलाई लक्षित गरी २९ अगस्टमा गरिएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले स्वीकार गरेको बीबीसीले जनाएको छ। मारिनेमा सात जना बालबालिका थिए, जसमध्ये दुई वर्षीया बालिकासमेत रहेको जनाइएको छ ।

    तालिबानले अफगानिस्तान कब्जा गरेपछि काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको ज्यान जाने गरी भएको आक्रमणको केही दिनपछि अमेरिकाले ड्रोन आक्रमण गरेको थियो। कारमा रहेको पानीको कन्टेनरलाई विस्फोटक पदार्थ ठानेर आक्रमण गरिएको अमेरिकाले जनाएको छ । (बीबीसी)

    फेसबुक प्रतिक्रिया