बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ ।
उहाँले सांघाई सहयोग सङ्गठनमार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको छ । राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । (रासस/सिन्ह्वा)