Margadarsan


  • बेलायतमा एकै दिन थपिए तीस हजार बढी कोरोना सङ्क्रमित

    मार्गदर्शन ३१ भाद्र २०७८, बिहीबार

    लन्डन । बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बृद्धि भएको बताइएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार यहाँ एकैदिनमा ३० हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

    यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सङ्क्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ ।

    यससँगै बेलायतमा कुल सङ्क्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ । यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि सङ्क्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो । यसैगरी पछिल्लो २४ घन्टामा थप २०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    पछिल्ला केही दिनमा यहाँ दैनिक मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको पाइएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । (रासस/सिन्ह्वा)

    फेसबुक प्रतिक्रिया