काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका कायममुकायम रथी प्रभुराम शर्मालाई रक्षा मन्त्रालयले प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेको छ ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गर्नु भएको हो ।
नेपाली सेनाका पि.एस.ओज. रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।





















