काठमाडौं । राष्ट्र र नेपाली सेनाको गौरव एवम् प्रतिष्ठा बढाउन उत्कृष्ट योगदान पुर्याउनु रथी, अधिकृत, पदिक तथा गैह्र सैनिकहरुलाई २०७६ र २०७७ सालको संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान भएको ‘अलङ्कार तथा पदक’ का साथै प्रधान सेनापतिको कार्यकाल १००० दिन पुरा भएको अवसरमा मिति २०७८ जेष्ठ २३ गते प्रधान सेनापति पूर्णचन्द्र थापाबाट प्रदान गर्नु भएको ‘प्रधान सेनापति प्रशंसा निशान’ को सुशोभन समारोह आज जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधान सेनापति थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संविधान दिवस २०७६ र २०७७ मा अलङ्कार र पदकबाट विभूषित हुनुहुने मध्येबाट रथीवृन्द –२, अधिकृत – ९, पदिक –३ र अन्यदर्जा –६ जना तथा ‘प्रधान सेनापति प्रशंसा निशान’ प्राप्त गर्नु हुने सैनिक तर्फ –६ जना (अधिकृत–४, पदिक–१ र विल्लादार–१०, सैनिक श्रीमती संघका पदाधिकारी –२ जना र गैर सैनिक महानुभाव–१० जना गरी जम्मा ३२ जना सुशोभित हुनु भएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रममा कोभिड प्रोटोकलको पूर्ण रुपमा पालना गरी सम्पन्न भएको उक्त समारोहमा अलङ्कार, पदक तथा ‘प्रधान सेनापति प्रशंसा निशान’ प्राप्त गर्नु हुने सैनिक तथा गैर सैनिकहरु मध्येबाट सीमित संख्यामा उपस्थिति गराईएको बताइएको छ ।





















