काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्यान्डी डब्लु बेरीबीच मंगलबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको बताइएको छ ।
प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।



















