काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले जयसिंह धामी मृत्यु प्रकरणमा भारतसँग कुरा गर्न नसक्ने वर्तमान सरकार के भारतको कम्फर्टेबल बनेकै हो भनी प्रश्न गर्नुभएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा उहाँले अहिलेको सरकारसँग यस्तो प्रश्न राख्नुभएको हो । उहाँले सरकारले समिति मात्रै बनाएर बसेको तर घटनाबारे भारतसँग सोध्ने हिम्मत पनि नराखेको बताउनुभयो ।
सांसद ओलीले भन्नुभयो- समितिमात्र बनाएर बस्ने कि भारतलाई सोध्ने पनि, कि यो सरकारलाई भारत सरकारसँग कम्फर्टेबल बनाउन खोजिएको हो ?
उहाँले जयसिंह धामी मृत्यु प्रकरणमा भारतसँग कुरा गर्न सरकारको जोडदाररुपमा ध्यानाकर्षण गराउनुभएको छ । सो बैठकमा उहाँले गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्दै एमाले सांसद् वलीले भन्नुभयो,‘ नेपाली युवा जयसिंह धामीले तुइन तर्न एक मिटर मात्रै बाँकी हुँदा एसएसबीले काटेको कुरा आइसकेको छ, प्रत्यक्षदर्शीले पनि यो कुरा भनिसकेका छन्, एसएसबीले तुइन काटेपछि नेपाली युवा बेपत्ता भएको कुरा छर्लंग भइसकेको छ, यो जति भर्त्सना गरे पनि कम हुन्छ, मानवताविरोधी र क्रुर अनि लज्जास्पद पनि छ ।’ समिति बनाएरमात्र सरकार उम्कन नमिल्ने भन्दै उहाँले यसबारे सरकारले भारतसँग तत्काल कुरा गर्नुपर्ने बताउनुभयो ।