काठमाडौँ । माओवादीका चार पूर्व सांसदहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । आजका लागि सो रिटमाथिको सुनुवाइ तोकिएको छ ।
माओवादी केन्द्रले आफुहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै माओवादीका चार पूर्व सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा माओवादीका चार पूर्व सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो ।
पहिलोपटक सुनुवाइ तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । दोस्रो पटकको सुनुवाइमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित भएको थियो । आज फेरि सो रिटमाथिको सुनुवाई गर्ने कार्यसूची तय गरिएको छ ।