काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सुरु भएको हो ।
अपरान्ह ३ बजे बोलाइएको सो बैठक केही ढिला गरी सुरु भएको छ । बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि जानुभएको छ । एमाले बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरणमा केन्द्रित रहने बताइएको छ । शनिबारको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा रोकिएको थियो ।