काठमाडौँ । अफगानिस्तानका प्रमुख तीन शहर नियन्त्रण गर्ने प्रयास तालिवान लडाकुले गरेको छ । तालिवान लडाकु र सरकारी सेनाबीच भिडन्त भइरहेको छ । दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरमा भिडन्त भइरहेको बिबिसीले जनाएको छ ।
सरकारी सेनाबाट खोसेर ती शहर आफ्नो नियन्त्रणमा लिने प्रयास तालिवान लडाकुले गरिरहेका छन् । हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिवान लडाकु सरकारी सेनासँग भिडन्तमा उत्रिएका छन् । अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँगै तालिवानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र रुपमा बिस्तार गरेको छ । तर, प्रमुख शहरहरु भने अझै पनि सरकारी सेनाको नियन्त्रण रहेको छ ।
























