काठमाडौँ । शनिबार स्थगित भएको एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी एकताका लागि स्थगित गरिएको सो बैठक दिउँसो तीन बजे लतिलपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताउनुभयो ।
बैठकमा केन्द्रीय विभागलाई पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण तथा वितरणका विषयमा छलफल हुने जनाइएको छ । कार्यदलमा भएका छलफलबारे नेम्वाङले बैठकमा ब्रिफिङ गरेपछि अध्यक्ष केपी ओलीले आज दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।