काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अपराह्न ३:०० बजे स्थायी कमिटी बैठक बस्न लागेको पार्टी केन्द्रीय सदस्य एवम् पार्टी कार्यालय सचिव सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
सो बैठकमा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरूको पूर्णता र पार्टी सदस्यता वितरण एवं नवीकरणलगायत विषयहरूमा छलफल र निर्णय हुने केन्द्रीय कार्यालय सचिव तामाङले जानकारी दिनुभएको छ । यसअघि नै विधान महाधिवेशन गर्ने पार्टीले निर्णय गरिसकेको अवस्थामा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।