काठमाडौं । ओम समाज डेन्टल हस्पिटल बिगत लामो समयदेखि चाबहिलमा सञ्चालित हुँदै आएको छ । बरिष्ठ चिकित्सक डा.सुबाष कुमार घिमिरेको नेतृत्वमा गोपीकृष्ण हलनजिकै सुविधा सम्पन्न भवनमा सञ्चालन हुँदै आएको ओम समाज डेन्टल हस्पिटलमा डा. सुरेन्द्र आचार्य, डा. सुनन्द सुन्दस, डा. पराजीता दीक्षित, डा. सम्भा घिमिरे, डा. प्रदीप संग्रौला, डा. विजय गमी, डा. अमर बोछिभोया, डा. दीपक राय, डा. पंकज चौधरी, डा संगीना श्रेष्ठ, डा. प्रकाश बुढाथोकी, डा. सलोनी सिल्पी, डा. सोभित श्रेष्ठ, डा. सुविष्मा मानन्धर, डा. रुबी दास, डा. कुशल बिम्ब, डा. सुबिन श्रेष्ठ, डा. सूर्यनारायण पुन, डा. दिलीप शाह, डा. सुदिन ताम्रकार, डा. सम्झना शर्मा, डा. सुजना अधिकारीलगायतका डाक्टरहरुले सेवा दिँदै आएका छन् ।
ओम समाजले चन्द्रागिरी नगरपालिकास्थित नैकाप पनि शाखा कार्यालय खोलेर सेवा दिइरहेको छ । त्यस्तै काठमाडौं बाहिर पनि आफ्नो सेवा विस्तार गर्ने क्रममा ओम समाज डेन्टलले बर्दिबास गौरी डाडासम्म पुगेको छ ।
ओम समाज डेन्टल अस्पताल आफ्नो सेवा, अत्याधुनिक उपचार बिधि, व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार, आफ्नै हस्पिटलको भवन, प्रसस्त पार्किंग सुबिधा, दन्त स्वास्थ मुलक कार्यक्रमहरु तथा अन्तर्राष्ट्रिय मापदण्डको सही व्यवस्थापन र दक्ष चिकित्सकका कारण अस्पताल आम जनमानसको मन मस्तिस्कमा बस्न सफल भएको छ ।

अस्पतालको फ्रान्ट डेस्कमा काम गर्दै आएकी शान्ता खनालको मुस्कानसहितको जानकारी, सहजीकरण र सेवाले अस्पतालमा पुगेका विरामी र विरामीका आफन्तहरुले निकै सजिलो हुने गरेको बताएका छन् । उनको काम गर्ने र बोल्ने शैलीले विरामी र विरामीका आफन्तहरुमा सकारात्मक प्रभाव पार्ने गरेको पाइएको छ । यसले हस्पताललाई सफल बनाउन एउटा इँटाको काम गरेको देखिन्छ ।

ओम समाज डेन्टल हस्पिटलले दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने र सबैको पहुँचमा उपचार पुर्याउने उद्देश्यले काम गर्दै आएको बरिष्ठ चिकित्सक डा. घिमिरेले बताएका छन् ।
कोही व्यक्ति पनि दन्त उपचारबाट बन्चित हुन् नपरोस, सबै माझ सुलभ सेवा पुगोस् भन्ने उद्देश्यले निःशुल्क दन्त शिविरहरुको आयोजना गर्दै आइरहेको सो हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका भित्र बाहिर वर्षेपिच्छे पटकपटक निःशुल्क दन्त शिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
निषेधाज्ञामा पनि निरन्तर बिरामीको सेवा
कोरोना महामारीलाई फैलिन नदिन गरिएको निषेधाज्ञाका समयमा पनि ओम समाज डेन्टल अस्पतालले घरघरमै पुगेर निःशुल्क सेवा दिएको थियो । निषेधाज्ञाको समय बिरामीको उपचार मात्र होइन, विरामीलाई पौष्टिक खानपिनको व्यवस्था समेत गरेको थियो ।
अस्पतालका अध्यक्ष डा. घिमिरेको नेतृत्वमा निःशुल्क कोभिड एम्बुलेन्स सेवा राष्ट्रिय अभियान नै आयोजना गरिएको थियो । अस्पतालले प्रदान गर्ने सेवा निःशुल्क, कोभिड एम्बुलेन्स सेवा, आइसोलेसन सेवा तथा विपन्न, असहाय, अशक्त कोभिड बिरामीका लागि खाना सहयोग अभियान नै सञ्चालन गरिएको थियो ।

अस्पतालको अभियानमा समाजसेवी सर्वेन्द्र खनाल, शिक्षाविद कर्णबहादुर शाही, क्याप्टेन बिजय लामा, कलाकार निखिल उप्रेती, केदार घिमिरे, युवा अभियन्ता ज्ञानेन्द्र शाही, डा. लिला पाठक, कर्नेल जयेन्द्र बस्न्यात, ओम समाज डेन्टलका प्रशासन प्रमुख अजय रेग्मीलगायत सहभागी भएका थिए ।
डा. घिमिरेले काठमाडौ महानगरपालिका, चन्द्रागिरी, नागार्जुन, बुढानिलकण्ठ, टोखा, गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरि १६ वटा एम्बुलेन्स निःशुल्क सेवा, आइसोलेसन सेवा र स्वस्थकर भोजन सेवामा जुटेका सबैलाई धन्यवाद दिएका थिए ।
ओम समाज डेन्टल अस्पतालको एउटा एम्बुलेन्सबाट काठमाडौँ उपत्यकाका लागि सुरु भएको कोभिड–१९ विरुद्धको निःशुल्क एम्बुलेन्स सेवा तथा निःशुल्क प्राथमिक उपचार एवं परामर्श अभियानले मेची–महाकाली यात्रा मार्फत राष्ट्रिय अभियानको रूप ग्रहण गरेको थियो ।

राष्ट्रिय अभियानका क्रममा विभिन्न जिल्लामा रहेका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकी साथै गाउँपालिका र नगरपालिकाहरूमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन प्रयोग हुने अत्यावश्यक सामाग्री वितरण गरिएको थियो भने आवश्यक मनोसामाजिक परामर्श दिईएको थियो । त्यस्तै विभिन्न क्वारेन्टाइन, आइसोलेसन वा घरमा बसेका कोभिड बिरामीहरूलाई र कोभिड नलागेकाहरूलाई पनि के कसरी बच्ने भन्ने परामर्श दिइएको थियो ।
लकडाउनको अवधिमा अशक्त, वृद्धवृद्धा र अस्पताल आउन सम्भव नहुने स्थितिका रोगीलाई तिनकै घरमा गएर निःशुल्क दन्त सेवा प्रदान गरेको डा. घिमिरेले बताएका छन् ।




















