काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज भारतीय राजदूत विनय मोहन क्वात्राले जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
कोरोना भाईरस (कोभिड–१९) महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका भेन्टिलेटर, आइसियु वेडहरु, पिपिइ सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्न भएको छ ।
हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति थापाले भारतीय राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभएको थियो ।
















