काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कूल संक्रमित संख्या ५ लाख ८१ हजार पुगेको छ भने ४ लाख ७६ हजार जना निको भएका छन् ।
सक्रिय संक्रमित संख्या ९७ हजार ६९९ मा झरेको छ । निको हुने दर ८१.९ प्रतिशतले वृद्धि हुँदा सक्रिय संक्रमित संख्या झरेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ७३१ जना पुगेको मन्त्रालयले जनाएको छ।



















