काठमाडौं । नेपालमा कोरोनाभाइरसका सात हजार ३६८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण ३४४ एन्टिजेन परीक्षणमा गरिएको थियो ।
पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यो समेत गरेर नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरमा पछिल्लो २४ घण्टामा छ हजार ६४८ कोरोनामुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयका अनुसार आइतबार होम आइसोलेसनमा रहनेको संख्या एक लाख एक हजार ७७१ रहेको छ । जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८ हजार ८९३ जना र लुम्बिनी प्रदेशमा २१ हजार ४२७ जना रहेका छन् ।
त्यस्तै प्रदेश १ मा आठ हजार ५७१, गण्डकीमा सात हजार ५४२, प्रदेश २ मा पाँच हजार ९१०, सुदूरपश्चिममा पाँच हजार ७४३ र कर्णाली प्रदेशमा तीन हजार ६८५ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको हो ।
आइतबार संस्थागत आइसोलेसनमा सात हजार ९६९ जना रहेका छन् । जसमध्ये एक हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा एक हजार ९८६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २७७ जना आईसीयूमा र १२९ जना भेन्टिलेटरमा छन् ।