काठमाडौं । नेपालमा गएको २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा २० हजार ४८२ को परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार २९०५ जना निको भएका छन् भने ५० जनाको निधन भएको छ । निको हुनेको दर ७८.२ रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ३७७६०३ जनालाई संक्रमण भएको छ भने २९५३९५ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५७९ जना पुगेको छ ।
























