Margadarsan


  • अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठजनाको हत्या  

    मार्गदर्शन ५ बैशाख २०७८, आईतवार

    जलालाबाद । अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् ।
    स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मारिएको जानकारी दिनुभयो ।
    नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गर्नुभयो ।
    अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ ।
    मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यहीक्रममा उक्त घटना भएको हो ।  (रासस–एएफपी)

    फेसबुक प्रतिक्रिया