काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण मूलधारको बाटोमा आउन आग्रह गर्नुभएको छ ।
गण्डकी प्रदेशस्तरीय पार्टीको कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विप्लव शान्तिपूर्ण मूलधारको बाटोमा आए जनताले जयजयकार गर्ने समेत बताउनुभयो ।
विप्लवसँग सरकारले वार्ता गर्ने तयारी भइरहेको चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउने बाटोमा लाग्न पनि चन्दलाई आग्रह गर्नुभयो । मान्छेलाई भयरहित बनाउने, एउटा सभ्य देश बनाउने अभियानमा लाग्न उहाँले चन्दलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सकारात्मक कदमका लागि विप्लवसँग वार्ता गर्न सरकार तयार रहेको बताउनुभयो । सो अवसरमामा उहाँले विप्लव समूहले पनि सही बाटो समाउने विश्वास समेत व्यक्त गर्नुभयो ।