नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ ।
यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको छ ।
विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ३९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ७७ हजार २८४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ६२ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ६० हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । रासस

























