काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । त्यस्तै ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन् ।
ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत ल्याएका छन् भने प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याए ।
योसँगै ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।
वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर प्रतिस्पर्धाका उत्रिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् । उनीहरु दुुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए ।
वस्तुगततर्फ विजयी भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरे ।
यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गरे । महासङ्घको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भएका छन् । यस्तै, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन् ।
५४ औँ साधारणसभाबाट निर्वाचित पदाधिकारीहरुको विवरण
वरिष्ठ उपाध्यक्ष : चन्द्र ढकाल (५४.२६ प्रतिशत)
उपाध्यक्ष (एशोसिएट्स) : रामचन्द्र सांघाई (४५५)
उपाध्यक्ष (वस्तुगत) : अञ्जन श्रेष्ठ (६२)
उपाध्यक्ष (जिल्ला नगर) : दिनेश श्रेष्ठ (५८)
एशोसिएट्स समूहका सदस्यहरु (१९ जना)
अम्बिकाप्रसाद पौडेल (८०२), अबिनास बोहरा (४६७), आनन्द बगरिया (४९९), कृष्णलाल महर्जन (४६५), गोपाल खनाल (७५१), ज्योत्स्ना श्रेष्ठ (७६७), देशबन्धु बस्नेत (४८३), प्रवलजंग पाण्डे (७४३), भरतराज आचार्य (७४६), रन्जित आचार्य (४५९), राजेशकुमार अग्रवाल (५३०), विजयसिंह वैद्य (५४७), शक्तिकुमार बेगानी (५३०), साहिल अग्रवाल (७३३), शैलेन्द्र गुरागाई (६६५), सुशील थापा (४७३), हेमन्त गोल्छा (५०९), मंगेशलाल श्रेष्ठ (४९७), विराट थापा (४९७)
वस्तुगत समूहका सदस्यहरु (१४ जना)
सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ (६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०), प्रकाशमान सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३), विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१), सुवोधकुमार गुप्ता (५०), गोविन्द ढुंगेल (५०), आकाश अधिकारी (४९)
जिल्ला नगर सदस्यहरु (१८ जना )
राजन श्रेष्ठ (७९), तारानाथ घिमिरे (७२), शोभाकान्त पौडेल (७७), कमल कुमार श्रेष्ठ (७०), गजेन्द्र कुमार भगत (६८), चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी (६६), देव कुमार श्रेष्ठ (६७), रामेश्वर मानन्धर (६३), कमान बहादुर खड्का, सुरकृष्ण वैद्य (६१), कुविर कुमार श्रेष्ठ (५८), डिबी बस्नेत (५८), गोपाल केडिया (५५), महेन्द्र कुमार श्रेष्ठ (५४), उमेश डामिया (५३), किशोर कुमार आचार्य (५२), अमृत भट्टचन (५१)
प्रदेश समूहका सदस्यहरु
प्रदेश १ : राजेन्द्र राउत (निर्विरोध)
प्रदेश २ : विजयकुमार साह (१२)
बागमती प्रदेश : सहनलाल प्रधान (१२)
गण्डकी प्रदेश : बाबुराम गिरी (९)
लुम्बिनी प्रदेश : जमसेद मियाँ (१२)
कर्णाली प्रदेश : लालिमान बुढा (७)
सुदूरपश्चिम प्रदेश : पुष्पराज कुमार (८)
द्विराष्ट्रिय समूह
सन्दिप अग्रवाल (निर्विरोध)
संस्थापक समूह
दामु अधिकारी (७)