काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार खारेज गरिदिएको हो ।
पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश समेत जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा २१ करोड डलर लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो र नक्कली कागजात सार्वजनिक भएपछि मंसिर ४ मा उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।
प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गते ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।