बेइजिङ । तिब्बतमा विभिन्न जातिका मानिसहरू अति गरिबीको समस्याबाट मुक्त भइसकेका प्रान्तीय सरकारले जनाएको छ ।
तिब्बतभरिका ७४ अति गरिब जिल्ला सबै गरिबी अवस्थाबाट मुक्त भएका हालै जानकारी गराइएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत शाखाका महासचिव उ यीङचेले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार, सन् २०१९ को अन्तसम्म तिब्बतका ७४ अति गरिब जिल्लाका छ लाख २८ हजार जनसंख्या सबै गरिबीबाट मुक्त भएका हुन् । तिनीहरूको खुद आम्दानी सन् २०१५ मा एक हजार चार सय ९९बाट बढेर सन् २०१९ मा नौ हजार ३२८ पुगेको हो ।
उहाँले गरिबी निवारणबाट गरिबहरूको विचार परिवर्तन पारिएको छ साथै तिब्बतमा बस्ने विभिन्न जातिका किसान तथा पशुपालकहरू जीवन बिताउने तरिका पनि परिवर्तित भएको छ ।
तिब्बतमा गरिबहरूलाई गरिबी अवस्थाबाट मुक्त पारिने विशेषतायुक्त उद्योगको विकास भएपछि छ लाख भन्दा बढी व्यक्ति संयुक्त राष्ट्रसंघले तोकेको गरिबीको रेखाभन्दा माथि उठेको बताइएको छ । (रासस÷सिन्ह्वा)
























