काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण भएको छ । अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत आफूमा कोरोना पोजेटिभ पाइएको र आफू तत्काल क्वारेन्टाइनमा रहने बताएको सिएनएनले जनाएको छ ।
राष्ट्रपति ट्रम्पका चिकित्सक तथा नेवी कमान्डर डा. सिन कोन्लीले आज एक वक्तव्य जारी गर्दै राष्ट्रपतिलार्इ बिहीबार बेलुका कोरोना सङ्क्रमण भएको पुष्टि गरेका छन् । उनीहरुको स्वास्थ्य ठिक रहेको र निको नहुन्जेल ह्वाइट हाउसभित्रै बस्ने योजनामा रहेको कोन्लीले उल्लेख गरेका छन् ।























