काठमाडौं । लामो समयमसम्म लकडाउनका कारण चल्न नसकेको सार्वजनिक सवारी साधनहरु असोज १ गतेबाट संचालनमा आएका छन । सरकारले सार्वजनिक यातयात संचालन गर्न स्वीकृति दिनु अगाडि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर संचालन गर्न व्यवसायीहरुसँग आग्रह पनि गरेको थियो । तर अहिले सरकारी निर्देशनको पुर्ण पालना भन्दा पनि उल्लघंन गर्ने काम बढी भइरहेको छ । कुनै पनि स्वास्थ्य मापदण्डको पालना नगरी निर्वाध रुमपा सडकमा सवारी साधन संचालन भइरहेका छन ।सरकारले दुइजना यात्रुको सीटमा एकजना यात्रु मात्र राखेर यात्रा गराउन निर्देशन दिएको थियो ।
तर अहिले कुनै पनि नियम र आदेशको पालना भएको पाईदैन । गाडी भरी, सीटभरी, बीचको भागमा उभ्याएर र कोचाकोच गरी यात्रु बोकेर दिदहाडै सवारी साधन गुडीरहेका छन । यसैगरी सामाजिक दुरी र ह्याण्ड स्यानिटाइजरको प्रयोग बिना नै सवारी साधन सडकमा गुडिरहेका छन ।
सरकारले प्रत्येक गाडीमा यात्रु प्रवेश गर्ने बित्तिकै स्यानिटाइजको अनिवार्य प्रयोग गर्न भनेको छ । यसैगरी भौतिक दुरी कायम गराएर मात्र यात्रु ओसारपसार गर्न भनेको छ । यी कुनै पनि नियम पालना गर्ने काम न सवारी धनीले गरेका छन नत्र यात्रुले नै । अफिस समयमा त खचाखच यात्रु राखेर यात्रा गराउँदा पनि नियामक निकायले कुनै चासो देखाएको पाइदैंन ।
काठमाडौं उपत्यकामा चल्ने सवारी साधनले मात्र होइन की लामो दुरीमा संचालन भइरहेको साधनको हालत पनि उस्तै छ । सरकारले सवारी साधनको कुल क्षमताको आधा संख्या मात्र यात्रा गराएर थप भाडा लिन अनुमति दिएको छ । यस्को फाइदा उठाउँदै व्यवसायीहरुले सवारी साधनमा अटेजति यात्रु कोचाकोच गरेर भाडा भने दोव्वर लिने गरेका छन ।
अहिले सवारी धनी र व्यवसायीहरुले सरकारी नियम र आदेशको ठाडो रुपमा उल्लघंन गरिरहेका छन । सरकारी आदेशको यातयात व्यवसायीले नियम पालना गरको छ कि छैन भनेर हेर्ने र अनुगमनको जिम्मा पाएको ट्राफिक प्रहरी र यातयात व्यवस्था बिभाग आँखा चिम्लिएर हेरिरहेका छन ।
दैनिक रुपमा यस्ता घटनाहरु भइरहे पनि उनीहरु रमितेको भुमिका निर्वाह गरिरहेको बताइन्छ । सीटभरी यात्रु राख्ने तर भाडा भने दोव्वर लिने काम ट्राफिक प्रहरीको आँखा सामुन्ने भइरहेका छन । तर उनीहरु थाहा पाएर पनि नपाए झै गरी बस्ने गरेका छन । दिनदहाडै यसरी यात्रुहरु ठगिदासमेत नियामक निकायहरु थाहा नपाए झै गरी बस्नु भनेक लाजमर्दो बिषय हो ।
कोरोना महामारीको संक्रमणबाट मुलुक र मुलुकका जनतालाई जोगाउन भन्दै सरकारले लामो समयसम्म लकडाउन गरर्यो । यसबाट व्यवसायी र यात्रु दुवैले लामो समयसम्म मर्का बेहोर्नु परेको बिषयमा दुई मत छैन । यसो भन्दैमा स्वास्थ्य सावाधानी र सतर्कता बिना यस्ता गतिबिधि गर्नबाट कसैले छुट पाउनु पर्छ भन्ने पनि होइन ।