काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमितहरु १०८१ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा भएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ।
त्यस्तै आज ९१८ जना डिस्चार्ज भएको स्वास्थ्य मत्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् । उनका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या ३३८८२ पुगेको छ ।




















