काठमाडौं । नेपाला पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोन भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो । आज थपिएका समेत गरेर नेपाल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२८७ जना संक्रमितहरु निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६८.५ प्रतिशत डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।
संक्रमित मध्ये आईसीयुमा १४४ जना र भेल्टिलेटर २३ जनाको उपचार भइरहेको छ ।
विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।




















