काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा ९७९ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा गरिएको ९ हजार २१८ नमुना परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका छन् । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३२६ जना छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् । यो सहित कोरोना मुक्त हुनेको संख्या ३० हजार ६७७ जना पुगेको छ ।



















