काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९८९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका ल्यावहरुमा गरिएको परीक्षणमा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताएका छन् ।
त्यसतै पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।
आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको र उनीहरुमध्ये १७१ जना आइसियू र भेन्टिलेटरमा रहेको
प्रवक्ता गौतमले बताएका छन् ।



















