काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने नौ जना संक्रमितको मृत्यु भएको छ ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २५७ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा २९०, ललितपुर र भक्तपुरमा ३२÷३२ जना छन् । आज थपिएका समेत गरेर उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।
प्रवक्ता डा. गौतमका अनुसार हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् भने ९ हजार २०१ संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहनेहरूको संख्या ७ हजार ८२६ छ।
हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन्। आज १० हजार ३८२ जनाको पिसिआर परिक्षण भएको छ। यो सहित जम्मा पीसीआर परीक्षण ७ लाख ६८ हजार ३ सय ४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन् । यो सहित कोरोना संक्रमण मुक्त हुनेको संख्या २८ हजार ९४१ जना पुगेको छ । मन्त्रालयका अनुसार ६३ प्रतिशत संक्रमित निको भएका छन् ।
त्यसतै पछिल्लो २४ घण्टामा ९ जनाको निधन भएको छ । देशभर २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मृत्यु हुने महिलाहरूमा झापा र मोरङका हुन् भने मृत्यु हुने पुरुषहरुमा काठमाडौंका ३ जना र मोरङ, पर्सा, धनुषा र चितवनमा १÷१ जना छन् ।
योसँगै देशभर हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २८९ पुगेको छ।



















