काठमाडौँ । आज देशभरमा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ सय १८ थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरिएको थियो । यो सहित पीसीआर परीक्षण हालसम्म ६ लाख ४४४ गरिइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घन्टामा २ सय ८१ जना डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।
हाल संस्थागत आइसोलेसनमा १३ हजार १५५ र क्वारेन्टाइनमा ११ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यसतै २४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।



















